विशाल बजार कम्पनीद्धारा शेयर रजिष्ट्रार नियुक्त

३० पुष २०७८, शुक्रबार ११:४७

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

उक्त नियुक्तिपत्रमा विशाल जार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के.र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*