एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

३० पुष २०७८, शुक्रबार ११:४४

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८७ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको कैन्द्रिय कार्यालय विर्तामोड झापामा आवेदन दिन सक्नेछन् ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको भएपनि सो अवधिसम्म कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*