नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन

२९ पुष २०७८, बिहीबार १८:०७

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सोबेन) को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा .जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्यालले आवेदन दिएका छन् ।

यसअघिको आवेदन रद्ध गरेर पुन आवेदन माग गरेमा १५ जनाले आवेदन दिएका हुन् । त्यस्तै, बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार १२ जनाले आगवेदन दिएका थिए । तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनस् पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।

बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*