भोलि एकैदिन २२ कम्पनीको साधारण सभा हुँदै, कति कम्पनीले दिदैछ लाभांश ?

२९ पुष २०७८, बिहीबार १८:१२

चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले भोलि (पुष ३०) गते वार्षिक साधारण सभा गर्दैछन् ।

कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले साधारण सभा बोलाएका हुन् । यी २२ कम्पनीले साधारण सभा बोलाउन ढिला गरेर भोलि एकैदिन २२ कम्पनीले साधारण सभा आह्वान गरेका हुन् ।

६ वटा बैंक, ५ वटा लघुवित्त, ५ वटा वित्त कम्पनी, ५ वटा हाइड्रोपावर र एउटा बीमा कम्पनीको गरी कुल २२ कम्पनीको साधारण सभा भोलि बस्ने भएको हो ।

नबिल बैंक
नबिल बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा भोलि (पुस ३० गते) बिहान ९ः३० बजे बैंकको केन्द्रिय कार्यालय परिसर नबिल सेन्टर दरबारमार्ग काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रत्येक १०० शेयर बराबर ३३.६० शेयर वा प्रत्येक शेयरको ३३.६० प्रतिशतको अनुपातमा बोनस शेयर र ४.४० (४.४० प्रतिशतका दरले) नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते ११ बजे सिल्भर ओक बैंङक्वेट गैह्रिधारामा भौतिक रुपमा आव्हान गरेको बीसौ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट पनि गर्ने भएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्र्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको हुदाँ पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा भोलि (पुस ३० गते) बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेकोे हुँदा पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले चौधौं वार्षिक साधारण सभा पुष ३० गते होटल भिश्वा, विरगञ्ज, पर्सामा बेलुका ५ः४५ मा बस्ने गरी आह्वान गरेको हो ।
उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
बैंकले पुष ११ गते नै बुकक्लोज गरेको थियो । सो अुनसार पुष १० गतेसम्म कायम शेयधरनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंक लिमिटेडले एघारौं वार्षिक साधारण सभा पुष ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ ।
उक्त सभाले गत आवको मुनफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७.७५ प्रतिशत बोनस शेयर र शुन्य दलशमल ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.५ % लाभांश पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि पुष १९ गते नै बुकक्लोज गरिसकेको हुँदा बुकक्लोजको अघिल्लो दिन कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

पोखरा फाइनान्स
पोखरा फाइनान्सको वार्षिक साधारण सभा कम्पनीले पुस ३० गते बिहान ९ बजे दरबारथोक ब्याक्वेंट बास्तोलाथर पोखरा ९ कास्कीमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ दशमलव ०७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मल्टीपर्पस फाइनान्स
मल्टीपर्पस फाइनान्सको वार्षिक साधारण सभा पुस ३० गते दिउँसो १ बजे सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, कानदेवस्थान, कुपण्डोल ललितपुरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट हुनेछ ।
उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले पुष १८ गते नै साधारण सभा प्रयोजनार्थ बुकक्लो गरेकाले पुष १७ सम्म कायम शेयरधनीहरु मात्र उपस्थित हुन पाउनेछन् अर्थात् प्रस्तावित लाभांश पाउनेछन् ।

समृद्धि फाइनान्स
समृद्धि फाइनान्स लिमिटेडले २०औं वार्षिक साधराण सभा पुष ३० गते होटेल एभोकाडो ‘अर्किड रिर्सोट’ हेटौंटा मकवानपुरमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्नेगरी आह्वान गरेको छ ।
उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । सोही सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संस्थापक समूहतर्फबाट र सर्वसाधारण समूहतर्फबाट गरी कुल ६ जना संचालक चयन गर्ने प्रस्तावलाई पारित गर्नेछ । कम्पनीले पुष १६ गते बुकक्लोज गरिसकेकाले पुष १५ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन पाउनेछन् ।

कालिका लघुवित्त वित्तीय संस्था
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गतेका बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लि को सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्ने गरी आव्हान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरेको हुदाँ पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस ३० गते न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फरवार्ड माईक्रोफाइनान्स लघुवित्त
फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा पुस ३० गते अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आँधीखोला लघुवित्त
आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ः३० बजे होटल गाँयबेशीको सभाहल वालिङ स्याङ्जामा बस्ने गरी आव्हान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

मैलुङ खोला जलविद्युत कम्पनी
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते लैनचौर ब्यांक्वेट लैनचनैरमा बिहान ११ बजे भर्चुहल माध्यमबाट बस्ने गरी भएको हो ।
साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस २० गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

खानी खोला हाइड्रोपावर
खानी खोला हाइड्रोपावर कम्नीको ३ आर्थिक वर्षको वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

हिमालयन पावर पार्टनर
हिमालयन पावर पार्टनरले नवौं वार्षिक साधारण सभा पुष ३० गते लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट बस्नेगरी आह्वान गरेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन । सोही सभाले गत आवको वार्षिक प्रतिवेन उपर छलफल गरी पारित गर्ने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीसमूहबाट २ जना गरी ६ जना संचालक निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले पुष १८ गते नै शेयरधनी दर्ता पुस्तिका बन्द गरेको हुनाले बु्कक्लोजको अघिल्लो दिन कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन पाउनेछन् ।

छ्याङ्दी हाइड्रोपावर
छ्याङ्दि हाइड्रोपावरले आठौं वार्षिक साधारण सभा पुष ३० गते कम्पनीको केन्द्रीय कार्यालय गैह्रीधारा काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।
उक्त सभाले ३० प्रतिशत हकप्रद जारीपश्चात् कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने र सोअनुरुप हुने गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । पुष २१ गते बुकक्लोज गरिसकेको छ जसअुनसार पुष २० गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन पाउनेछन् ।

कालिका पावर कम्पनी
कालिका पावरको वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनामा बस्ने गरी आव्हान गरेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८ प्रतिशत कर प्रयोजनाका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोग गरेको हुदाँ पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सानिमा जनरल इनस्योरेन्स
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चाथौं वार्षिक साधारण सभा पुष ३० गते स्मार्ट क्याफे एण्ड बैंक्वेट, धुम्बाराही चोक, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आह्वान गरेको छ ।
कम्पनीको उक्त सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको नाफा नोक्सान, हिसाब वासलात माथि छलफल गरि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १९ गते नै बुकक्लोज गरिसकेको छ । सो अनुसार पुष १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*