शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब घाटामा, पुँजीगत ट्रान्सफर २ प्रतिशतले घट्यो

२९ पुष २०७८, बिहीबार १६:४०

काठमाडौं । शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई रु.४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई रु.७ अर्ब ७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५० करोड रहेको थियो ।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*