नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार हुँदा, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

२९ पुष २०७८, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । केहीदिनयता नेप्सेमा घटबढको उतारचढाव देखिएको छ । अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्समा आज पुनः ५४ अंकले बृद्धि भई सुधार देखिएको छ ।

नेप्से परिसूचक १.९३ प्रतिशतले बृद्धि भएर २८५७.७५ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको ।

आज नेप्से समूहमा रहेका १३ उपसूचक मध्य अन्य समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूह र निर्जीबन बीमा समूहको बृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरण सकिएपछि बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएकाले जीवन बीमा र निर्जीबन बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिएको हो । जीवन बीमा समूहको ३४९.६१ अंकले बृद्धि भएको छ भने निर्जीबन बीमा समूहको २८८.५६ अंकले बृद्धि भएको हो ।

साथै सर्वाधिक अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ दाख ४३ हजार २४५ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, मध्यभोटेकोशीका शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*