जीवन बीमा कम्पनीहरुको प्रदेशस्तरमा कार्यालय र कर्मचारीहरु कति छन् ?

२९ पुष २०७८, बिहीबार १५:०७

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या दई हजार दुई सय २९ वटा पुगेको छ । बीमा समितिको मंसिर मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ३१८, बाग्मती प्रदेशमा ५९३, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ३५३, कर्णाली प्रदेशमा १४८ र सुदुरपश्चिममा २५६ गरि २२२९ कार्यालय सङ्ख्या रहेको छ ।

त्यस्तै, मंसिर मसान्तसम्ममा जीवन बीमा कमपनीहरु ६ हजार १ सय ६० पुगेको छ । समितिको तथ्याङ्क अनुसार प्रदेश नम्बर १ मा ८०५, प्रदेश नम्बर २ मा ६५८, बागमती प्रदेशमा २ हजार ४९४, गण्डकी प्रदेशमा ४९४, लुम्बिनी प्रदेशमा ८०५, कर्णली प्रदेशमा ३२९, सुदूरपिश्चममा ५४६ रहेको तथ्याङ्कले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*