शतप्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न

२९ पुष २०७८, बिहीबार १३:०३

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१ वार्षिक साधारण सभा शतप्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको २१ करोड १२ लाख नाफा कमाएको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*