तोलामा ५ सय रुपैयाँले सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

२९ पुष २०७८, बिहीबार ११:३५

काठमाडौं । नेपाली बजारमा लगातार सुनको मूल्य उकालो लागि रहेको छ । मंगलबार ३ सय बुधबार ४ सय रुपैयाँले वृद्धि भएको सुन बिहिबार पनि ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*