तीन कम्पनीको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

२९ पुष २०७८, बिहीबार ०६:००

तीन कम्पनीको साधारणसभा आज हुँदैछ । आज चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको साधारणसभा भ्युचुअल माध्यबाट बस्दैछ । कोरोना संक्रमणको दर बढ्दै गएसँगै कुनै सभा समारोहमा २० जनाभन्दा बढी भेला हुन नपाउने प्रावधान भएसँगै भ्युचुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सरकारले सार्वजनिक स्थान वा सभा सम्मेलनमा २० जना भन्दा बढी भेला नहुन आदेश दिएसँगै कम्पनीहरुले सुरक्षा अपनाउदै भ्युचुअल माध्यमबाट सभा गर्न लागेको हो।

चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्स लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज बस्दैछ ।कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

गुडविल फाइनान्स

गुडवील फाइनान्सको वार्षिक साधारण सभा आज होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नवौं वार्षिक साधारण सभा आज आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*