आइपीओ निष्कासनको तयारीमा नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने

२८ पुष २०७८, बुधबार १७:४४

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने भएको छ ।हस्पिटलले ५०% बोनस सेयर दिने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएको पहिलो वार्षिक साधारण सभाले ५०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । यस्तै, सभाले कर प्रयोजनका लागि नगद लाभांश समेत दिने बताएको छ ।

हस्पिटलको हाल चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । हस्पिटलले यहि पुँजीबाट बोनस सेयर दिन लागेको हो ।थापाथलीस्थित बीएलसी बिल्डिङमा आज (पुस २८ गते) बुधबार सम्पन्न सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*