एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

२८ पुष २०७८, बुधबार १७:०४

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमणले विकराल रुप लिइरहेको छ । मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएकोमा बुधबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ५१ जनामा पीसीआर र ३ हजार ९८५ जनामा एन्टिजेन परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा २७८ जनामा संक्रमणमुक्त भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ११ हजार ६९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
छिमेकी राष्ट्र भारत पनि पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*