नेपाल बंगलादेश बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२८ पुष २०७८, बुधबार १५:०७

काठमाडौं । साताको चौथौं दिन नेप्सेमा गिरावट आएको छ । लगातार हरियाली छाएको शेयर बजार आज घट्न पुगेको हो ।

आज नेप्से परिसूचक ३० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ ।

लामो समयपछि आज कारोबार रकम पनि बृद्धि भएको छ । ८ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल बंगलादेश बैंकको कारोबार भएको छ । बैंकको मात्रै आज २८ करोड ६९ लाख ९९ हमजार ३८५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एचआइडिसिएलको २७ करोड ६१ लाख, अपि पावरको २४ करोड ७० लाख, अपर तामाकोशीको २२ करोड ७२ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ८० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*