निफ्राको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य कति पुग्यो ?

२८ पुष २०७८, बुधबार १२:४५

काठमाडौं । साताको चौथौ दिन बुधबार शेयर बजार खुेलेको करिब डेढ घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा)को शेयरमा सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये निफ्राको उच्च माग रहेकाले सकारात्मक सर्किट लागेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा निफ्राको शेयरमूल्य १० प्रतिशत अर्थात् ३३ रुपैयाँ ९० पैसाले बृद्धि भई शेयरमूल्य ३७२ रुपैयाँ ९० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*