नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार कित्ता संस्थापक शेयर लिलामीमा

२८ पुष २०७८, बुधबार १२:०१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमार्फत् बिक्री खुल्ला गरेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३८७ दशमलव ३० रुपैयाँ तोकेको छ । सो अनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले बोलकबोल गर्दा न्यूनतम १ कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । आवेदन दिदा माघ ५ गते भित्र कम्पनीको बिक्री प्रबन्धक एन आइसी एशिया क्यापिटल लिमिटेड, एनआइसी एशिया बैंक र विभिन्न शाखा मार्फत आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई यस भन्दा अगाडि नै ३५ दिने सूचना प्रकाशित गरेको सो अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*