सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२८ पुष २०७८, बुधबार ११:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बुधबार पनि ४ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*