शिवम् सिमेन्टले ५२ स्थानका निर्माणकर्मीहरुलाई गरायो जोखिमको बीमा

२७ पुष २०७८, मंगलवार १८:१७

काठमाडौं । शिवम् सिमेन्टले देशभरका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरु र दैनिक निर्माण कार्यमा खटिने ब्यक्तिको ५ लाख बराबरको जोखिम बीमा गरेको छ । कम्पनीले निर्माकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै जोखिम बीमा समेत गराएको हो ।

सिमेन्टले संचालन गरेको अन्तक्रिया कार्यक्रममा निर्माणकमीहरुलाई दक्ष एव्म अनुभवी प्राविधिकद्धारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्री गुणस्तर मापन, निर्माणकर्मीहरुलाई आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधान उपाय बारे जनाकारी दिएको हो । सो अन्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै रहेक सहभागि निर्माणकमीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो । साथै ३ हजार ४५ जना निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक सामान, ब्याग, टिफिन र इन्स्योरेन्स पोलिसी हस्तान्तरण गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*