दिनहुँ बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २४४४ जनामा संक्रमण पुष्टि

२७ पुष २०७८, मंगलवार १७:०३

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार १ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ६४८ जनामा पीसीआर परीक्षण गर्दा १ हजजार ९८१ जनामा र ४ हजार ३८५ जनामा एन्टिजेन परीक्षण गदौ ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने ३१३ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार मात्र काठमाडौं उपत्यकामा थप १ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन संख्या कुल संक्रमितको ५० प्रतिशत भन्दा बढी हो । कोरोना अबस्थालाई मध्यनगर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिन तथा सार्वजनिक सेवा लिन आउनेहरुले अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागू गर्न निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*