जानकी फाइनान्स कम्पनीले गर्यो लाभांश घोषणा

२७ पुष २०७८, मंगलवार १६:५०

काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*