नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार

२७ पुष २०७८, मंगलवार १५:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् ।

उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार दिएका हुन् । कम्पनीले एमडिआरटि योग्य अभिकर्ताहरुलाई छुटै अवार्ड एवं प्रोत्साहन गर्दछ । तर आफनो शाखाबाट उत्कृष्ट कारोबार गरि एमडिआरटी योग्य हुन सफल अभिकर्तालाई उनले आफूले मिहेनत गरेर उब्जाएको काउली उपहार स्वरुप दिएका हुन्।

।जावलाखेल शाखाका शाखा प्रमुख रिमाल दिनभरी कार्यालयको काममा नै व्यस्क्त हुन्छन् । एकदिन बेलुका खाना खाने समयमा आफनै करेसाबारीमा लगाएको काउलीको तरकारी उनलाई निकै मिठो लागेको हुनाले आफनो श्रीमतीलाई आफनो शाखामा उत्कृष्ट अभिकर्ताहरुलाई यस्तो मिठो अर्गानिक काउली दिउन भनेर भनेर सोधे । काउली त दिने भनियो, तर पुग्छ कि पुग्दैन त्यो पनि हेर्नु पर्यो ।

करेसाबारीमा हेर्दा २० वटा काउली देखे । उत्कृष्ट अभिकर्तालाई दिन पुग्ने २० वटा काउली लिएर एमडिआरटीलाई उपहार दिन कार्यालयमा पुगे । उत्कृष्ट अभिकर्ताहरुलाई काउली उपहार दिँदा निकै खुसी भएको रिमाल बताँउछन् ।

जावलाखेल शाखाका रिमालले यसअघि पनि अभिकर्ताहरुलाई प्रेरित गर्न यस्ता कार्यक्रमहरु गर्दै आएका थिए ।उक्त कार्यक्रम पश्चात् सम्मानित एमडिआरटीहरुले कार्यक्रममा आत्मिय अनुभव व्यक्त गरेका थिए ।

 

One thought on “नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार

  1. Shruti Shakya says:

    Something Unique prize.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*