शेयरबजार उकालो लाग्दा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२७ पुष २०७८, मंगलवार १५:२६

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्सेमा हरियाली छाएको छ । यस साता नेपाली शेयरबजारमा उत्साह देखिएको छ । मंगलबार नेप्से ४९ अकं अर्थात् १.७७ प्रतिशतले बृद्धि हुन पुगेको छ ।

आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ माथिको कारोबार भएको हो ।

आज नेप्सेमा साढे ६ अर्ब माथिको कारोबार हुदाँ ७ कम्पनीको शेयरमा सर्किट लागेको छ भने केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । कम्पनीको आज ३.५२ प्रतिशतले घटेको हो ।

त्यस्तै, नेपाल एसबिआइ बैंकको २.०१ प्रतिशत, शिवम् सिमेन्टको १.४९ प्रतिशत, एनएमबि ५० को १.३१ प्रतिशत र रुरु जलविद्युतको १.२५ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*