नेप्सेमा छायो हरियाली, ४९ अंकको बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार

२७ पुष २०७८, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली शेयरबजारमा हरियाली छाएको  छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज ४९ दशमलव १९ अंकले बृद्धि भएर २८३४ विन्दुमा कायम हुन पुगेको छ ।

केही साताअघि निरन्तर गिरावट आएको शेयर बजारमा एकाएक बृद्धि हुँदा लगानीकर्ताहरुमा रौनकता छाएको छ । आज नेप्से १.७७ प्रतिशतले नेप्से परिसूचक बृद्धि हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा सोही रकम बराबरको कारोबार हुन पुगेको हो ।
साथै नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्ये आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी रहेको छ । त्यस्तै, आज अपि पावरको सर्वाधिक १६ करोड भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*