यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२७ पुष २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा हरियाली छाउन थालेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बृद्धि भई २८ सय विन्दुमा पुगेको छ ।

सोही अंकले बृद्धि हुँदा २३२ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख, एनटिसीको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*