नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार

२७ पुष २०७८, मंगलवार १३:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार बनाएको छ। धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी अध्यक्ष छनोट तथा सिफारिस समितिले नयाँ कार्यविधि तयार पारेको हो।

उम्मेदवारको मूल्यांकनसम्बन्धी समग्र अंकभार र सोको वर्गीकरण गरिएको छ। जसअनुसार शैक्षिक योग्यता, अनुभव र तालिम (५० अंक), व्यावसायिक कार्ययोजना (५० अंक), प्रस्तुतीकरण (३० अंक) र अन्तर्वार्ता (२० अंक) गरी कुल १५० अंक कायम गरिएको छ। शैक्षिक योग्यता, अनुभव र तालिमको कुल ५० अंकमध्येृ शैक्षिक योग्यता तथा तालिमको २५ अंक र कार्यानुभवको २५ अंक कायम हुनेछ।

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्तिका लागि छनोट समितिले दुईपटक दरखास्त आह्वान गरिसकेको छ। बोर्डले दोस्रोपटक सिईओ पदको लागि आवेदन खुलाएको हो ।

https://drive.google.com/file/d/1kxAzNEYcmTM_JzGkhyGjwKk6gsOoIdbY/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*