सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

२७ पुष २०७८, मंगलवार ११:३०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन मंगबार भने ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*