बैंक अफ काठमाण्डूको आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द

२७ पुष २०७८, मंगलवार ११:२३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द गरेको छ ।

बैंकले मिति २०७६ साल वैशाख ५ गतेदेखि आकर्षकहरुका साथ ल्याएको उक्त बचत खाता अन्तर्गत १ लाख रुपैयाँ सम्मको जीवन बीमा (सामुहिक म्यादी जीवन बीमा र सामुहिक अग्रिम भुक्तानी १५ घातक रोगको जोखिम बहन गर्ने) सुविधा प्रदान गर्दै आइरहेकोमा उक्त बचत खातामा रद्द गरिएको जनाएको हो ।

बैंकले ग्राहकलाई उच्च लाभ तथा हितलाई मध्यनगर गरी भविष्यमा विभिन्न आकर्षक योजनाहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*