सिद्धार्थ बैंकको बीसौं साधारण सभा भर्चुअल माध्यमबाट पनि

२७ पुष २०७८, मंगलवार ११:०१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते ११ बजे सिल्भर ओक बैंङक्वेट गैह्रिधारामा भौतिक रुपमा आव्हान गरेको बीसौ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट पनि गर्ने भएको छ । कोरोना भाइरसको अबस्थालाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट समेत संचालन गर्ने लागेको हो ।

बैंकले एक सूचना सार्वजनिक गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ती तथा कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्रले गरेको सुझाव एवं समग्र बदलिदो परिवेशलाई मध्यनजर गर्दै साधारण सभा सोही मितिमा भर्चुअल माध्यम मार्फत समेत संचालन गर्ने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सम्पूर्ण शेयरधनीहरुले सकेसम्म अनलाईन माध्यम मार्फत साधारण सभामा सहभागि हुने अनुरोध कम्पनीले गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*