प्रोगेसिभ फाइनान्सको २५औं साधारण सभा स्थगित

२७ पुष २०७८, मंगलवार १०:३१

काठमाडौं । प्रागेसिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा पोस्टपोन्ड भएको छ । कम्पनीले पुष ३० गते हुने भनिएको साधारण सभा स्थगित गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले कोभिड–१९ को महामारी र कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदल भएको कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा उक्त मितिमा सभा नगर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मको लागि २५औं साधारण सभा स्थगित गरिएको हो । साथै साधारण सभा प्रयोजनका लागि गरिएको बुकक्लोजलाई साबिककै कायम गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*