नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?

२७ पुष २०७८, मंगलवार ०९:५९

काठमाडौं । नारायणी डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ ।

कम्पनीले पुष ७ गतेदेखि २७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा पुष २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार अब माघ १२ सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले एक शेयर बराबर (१ः१) को अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गरेको थियो ।

जसअुनसार पुष २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले माघ १२ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र बैंकको रजिष्र्टर्ड कार्यालय र शाखा कार्यालयहरुमार्फत दरखास्त दिन सक्नेछन् ।

साथै सि–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत् उक्त हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*