दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदै, के–के प्रस्ताव पारित गर्दैछ ?

२७ पुष २०७८, मंगलवार ०६:००

काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्दैछ । दुबै कम्पनीको सभा बिहान हुँदैछ ।

इन्फिनिटी लघुवित्त 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतृेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

युनियन हाइड्रोपावर कम्पनी

युनियन हाइड्रोपावर कम्पनीले १५ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ ।।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*