एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै आधा भन्दा धेरै

२६ पुष २०७८, सोमबार १७:०४

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ९६५ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र २ हजार ४६४ जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने २५५ जनामा संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यका मात्र ८७६ जना संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ भने भिडभाड हुने क्षेत्रमा कडाइ गरेको छ । छिमेकी राष्ट्र भारत पनि दिन प्रतिदिन कोरोना संक्रमित बढी रहेका छन् । आज मात्र भारतमा १ लाख ८० हजार भन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*