नेप्से १९ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार

२६ पुष २०७८, सोमबार १५:१०

नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आइतबार २७६५ अंकमा रोकिएको सेयर बजार सूचक सोमबार प्रि कारोबारमै बढेर २७७२ पुगेको थियो । नियमित कारोबार पनि बजार बढ्न थालेको बजार सूचक १७ मिनेटमै घटेर सोमबारको न्यून बिन्दू २७५५सम्म झर्यो । लगत्तै बढ्न थालेको बजारले अर्को १८ मिनेटमा सोमबारको उच्च २८०६.७४ सम्म पुग्यो । त्यसपछि घट्ने र बढ्ने क्रम समाउँदै बजारले अन्तिम समयमा १९.४३ अंकले बढेर २७८४.९५ बिन्दूमा रोकिएको छ ।

सोमबार नेप्से सूचकको प्रवृत्ति केलाउँदा ४ वटा भी तयार गरेको देखिन्छ । सुरुवाती भी न्यून बिन्दूमा, दोस्रो भी उच्च बिन्दूमा, तेस्रो भी मध्य बिन्दूमा र अन्तिम भी सुरुवाती भी भन्दा केही माथि रहेकाले मंगलबार पनि बजार उकालो लाग्ने संकेत गरेको छ ।

खासगरी, लगानीका अन्य क्षेत्र खुम्चिएका बेला सबैको रोजाई सेयर बजारमै हुने, केही दिन पछि नै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने र अहिले यस्तो र उस्तो वित्तीय विवरण आउँदै छ भनेर चलाइएको अफवाह, बजारमा देखिएको तत्कालको तरलता सहजताको अवस्थाले सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।आज हाईड्रोपावारका लगानीकर्ताहरुले सर्वाधिक कमाउन सफल भएका छन् । मध्य भोटेकेशी, युनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता ले सर्वाधिक कमाएका छन् ।गुर्खाज र नेपाल टेलिकमको आज सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*