नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण

२६ पुष २०७८, सोमबार १४:३३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित संजीव क्षेत्रीलाई १५ लाख रुपैयाको चेक शाखा प्रबन्धक शिव अधिकारीले हस्तान्तरण गरेका हुन ।

बीमित क्षेत्रीलाई मृगौला बिफल भएको प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।
चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक अधिकारीले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गन सहयोग पुग्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*