३१ प्रतिशत लाभांश पारित सहित निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न

२६ पुष २०७८, सोमबार १३:४९

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*