प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार कित्ता शेयर लिलामीमा

२६ पुष २०७८, सोमबार ११:०४

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य ब्यक्ति तथा संघ संस्थाले माघ ७ गते भित्र न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्ने सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*