सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने

२५ पुष २०७८, आईतवार १९:३८

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आईतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ। कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनको भनाइ छ । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*