ओमिक्रोन भेरियन्ट फैलिएपछि सरकारले गर्यो नयाँ निर्णय, होटल, सिनेमा हल र हवाई यात्रामा खोपकार्ड अनिवार्य

२५ पुष २०७८, आईतवार १९:१०

काठमाडौं । ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा कडाई गरेको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ ।

ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा कडाई गरेको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ ।

सरकारले आन्तरिक हवाइ उडानमा यात्राम माघ ३ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आज बसेको कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

 

 

One thought on “ओमिक्रोन भेरियन्ट फैलिएपछि सरकारले गर्यो नयाँ निर्णय, होटल, सिनेमा हल र हवाई यात्रामा खोपकार्ड अनिवार्य

  1. Dipendra Kumar Mali says:

    Sahi ho hamro desh Lai bachanu ho vane border side r desh bidesh aawat jabat ma rok lagaunu ko sathai badhi kadai garnu parx

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*