राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बिक्रि गर्दै

२५ पुष २०७८, आईतवार १८:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो माघ २५ गते परिपक्व हुनेछ। ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत २९ गते परिपक्व हुनेछ।

त्यस्तै, राष्ट्र बैंकले १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ असार २८ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*