एनएमबि लघुवित्त सहित दुई कम्पनीको साधारण सभा भोलि, के के छन् एजेण्डा

२५ पुष २०७८, आईतवार १६:३२

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २६ गते) बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा सोमबार बस्न लागेको हो ।

एनएमबि लघुवित्त

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा भोलि (पुस २६ गते) होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभाांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७।०७८ नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारण सभा भोलि (पुस २६ गते) कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

रसुवागढी हाइड्रोपावर

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि (पुस २६ गते) बिहान ११ बजे स्मार्ट क्याफे धुम्रबाराही काठमाडौंमा बस्ने गरी बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिन निर्णण अनुमोदन गर्ने कार्यसूचि समेत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*