नेप्सेमा छायो हरियाली, ७३ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार

२५ पुष २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७३.०१ अर्थात् २.७१ प्रतिशतले बृद्धि भएको छ ।
भदौ महिनामा १५ अर्बमाथि कारोबार हुने नेप्सेमा आज लामो समयपश्चात् ७ अर्ब माथिको कारोबार हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेप्सेमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समुहमा आज बृद्धि भएको छ ।

त्यस्तै ७ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज एकैदिन २९ करोड माथिको कारोबार भएको छ भने आज नेपाल हाइड्रो डेभलोपर्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*