हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२५ पुष २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेपरिसूचक ७३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से लामो समयपछि कमब्याक भएको छ । आज ७ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज एकैदिन २९ करोड २२ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २० करोड ८६ लाख, अपर तामाकोशीको २० करोड १५ लाख, शिवम् सिमेट्सको १९ करोड ३९ लाख र अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*