सिटिजन लाइफका १९ बर्षिय अर्जुन ढुङ्गेल एमडिआरडि बन्न सफल

२५ पुष २०७८, आईतवार १४:३२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एमडिआरडि मा योग्य भई किर्तिमानी कायम गर्न सफल भएको छ ।चाबहिल शाखामा अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एम डि आर डि मा छनौट भई किर्तिमानी कायम गरेका हुन। शाखाका अनुसार सिटिजनकै यो पहिलो किर्तिमानी भएको बताईको छ ।

ढुङ्गेलले छोटो समयमै आफ्नो ब्यबसायिक लक्ष्य हासिल गरेका हुन । उनी अहिले विधार्थी छन । कम्पनीको चाबहिल साखा सर्बाधिक एमडिआरटि छनौट गर्ने शाखा रहेको छ ।

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बिमा ब्यबसायबाट प्राप्त प्रथम बिमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पस्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*