शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षा क्षामन्त्री पौडेल

२५ पुष २०७८, आईतवार १४:१३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको छ । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।

बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उहाँको भनाइ छ ।
‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उहाँले भन्नुभयो, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उहाँले भन्नुभयो, ‘ तोकिएको तलब तथा अन्यसमस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताउनुभयो । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*