महुली लघुवित्तको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित

२५ पुष २०७८, आईतवार १३:०९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*