साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२५ पुष २०७८, आईतवार ११:३८

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि सो मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*