कामना सेवा विकास बैंकद्धारा मोबाइल एपमार्फत शाखा रहित बैकिङ्ग सेवा संचालनमा

२५ पुष २०७८, आईतवार १०:४६

काठमाडौं । कामना सेवा विकास बैंकले नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखा रहित बैकिङ्ग सेवा संचालमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको कोठेखोला गाउँपालिका, वडा नं. ५ बिहुँपोखरामा पुष २४ गतेदेखि शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित बैकिङ्ग सेवा वडा नंं. ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सोही वडाका अन्य प्रतिनिधि, स्थानीय तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*