एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र माघ ३ गतेदेखि निष्काशन

२५ पुष २०७८, आईतवार १०:१९

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ ’ माघ ३ गतेदेखि निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १२ लाख कित्ता व्यक्तिगत तबरबारट र ४० प्रतिशतका दरले ८ लाख कित्ता (सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) गरी सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गते बन्द हुनेछ । आवेदकले आवेदन दिदा न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा बैंकको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयबाट र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*