एजुकेशन प्लानेटले अष्ट्रेलिया जानेहरुका लागि शैक्षिकमुलक कार्यक्रम आयोजना गर्ने

२४ पुष २०७८, शनिबार १२:०५

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई परामर्श दिंदै आएको एजुकेशन प्लानेटले ‘एक्लुसिभली अस्टे«लिया इन्फरमेशन डे’ कार्यक्रम आयोजना गर्न लागेको छ ।

एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स एजुकेशन प्लानेट एक्लुसिभली अस्टे«लिया’ नाम गरी विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्लानेटले यही पुष २५ गते काठमाडौं स्थित आफ्र्नै संस्थाको केन्द्रीय कार्यालय बागबजार र २७ पुष गते भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना उक्त कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृती लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अष्ट्रेलिया जान सघाउने एक प्लेटर्फमको रुपमा लिइएको यस कार्यक्रम मेलामार्फत छात्रवृती सम्बन्धी जानकारी, प्राप्ताङमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ ।

१५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेद्देयले आयोजना गरिएको उक्त कार्यक्रममा स्कलरशिप, ग्रान्ट्स, करियर स्कोपका साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइनेछ ।

पछिल्लो समय नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उच्च शिक्षाको मुख्य आकर्षक गन्तव्य मुलुक बन्दै आएको छ । यो संङगै विद्यार्थीहरुमा धेरै प्रलोभनमा पर्ने र उचित परामर्स बिना नै गलत निर्णय लिन सक्ने हुंदा यस्तो कार्यक्रम मार्फत विद्यार्थीले विश्वविद्यालय अनुसार पढाइ हुने विषय, पढाईका लागि लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजले दिने छात्रवृत्ति तथा छुट, पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना, शैक्षिक ऋण र बीमा सेवालगायतका विषयमा जानकारी पाउने विश्वास गरिएको छ ।

यस कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्कीड्र मार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*