बैंकहरुमा निक्षेप सामान्य अंकले बृद्धि, कारण यस्तो

२४ पुष २०७८, शनिबार ०९:३०

काठमाडौं । गत साता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँ वृद्धि भएको छ । गत साता ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ।

वाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको देखिएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ। कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।
गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो। राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो। तरलताको अवस्था सहज भएपछि बैंकहरूको औसत कर्जा–निक्षेप (सिडी) अनुपात पनि ९० दशमलव ७६ प्रतिशतमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*