जीवन बीमा भनेको के हो ? यी हुन् बीमाको फाइदाहरु

दिपक विष्ट
२४ पुष २०७८, शनिबार १०:३०

काठमाडौं ।  जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ ।

यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बीमाले जस्तोसुकै पिडीतलाई पनि डर त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ ।

जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । बोनस इन्स्योरेन्सबाट बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । काठमाडौं । नेपालमा आइरहने प्राकृतिक प्रकोपमा कारण नेपालीहरुले बीमा बारे सोच्ने बिचारमा केही परिवर्तन आएको पाइन्छ ।

भूकम्प, बाढी, पहिरो र खडेरी जस्ता प्राकृतिक प्रकोप गर्दा नेपालीहरुमा बीमाप्रतिको आकर्षण र सोचाइमा परिवर्तन आएको हो ।अझै पनि नेपालीहरुमा बीमा बारे जानकारी नभएकै कारण बीमा ब्यवसाय फस्टाउन सकेको छैन । हाल करिब २७ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको तथ्याङकले देखाउछ । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका भएकाले बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिममलाई हदसम्म कम गर्न भएकाले बीमा अपरिहार्य रहेको छ ।

जीवन बीमाका फाइदा

आर्थिक जोखिमको हस्तान्तरण : ब्यक्तिको जीवनमा आम्दानी गरी रहेको रकम आफ्नो परिवारको पालनपोषण, शिक्षा, स्वास्थ्यमा खर्च गरिरहेको हुन्छ । सधै एउटै परिस्थित नहुने हुन सक्दैन त्यसकारण भविष्यमा आइपर्ने जोखिमलाई मध्यनजर गर्दै त्यसलाई केही हदसम्म कम गर्नका लागि जीबन बीमा गर्नुपर्ने हुन्छ । जीवनमा आउन सक्ने जोखिमा परिवारले ठूलो समस्याबाट केही राहत पुग्ने हिसाबले पनि आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमा बाट फाइदा लिन सकिन्छ ।

भविष्यको योजना निर्माणका लागि : ब्यक्तिका आवश्यकता असिमित हुन्छ । मानिसका आवश्यकता एक पछि अर्का थपिदै जान्छन । भविष्यका विभिन्न योजनालाई पुरा गर्नका लागि बीमा एक अपरिहार्य रहेको छ । कुनै पनि आवश्यकता पुरा गर्ने योजना बनाउदा पैसा बचत गर्नुपर्ने हुन्छ । पैसा बचत बैंकमा भन्दा बीमा क्षेत्रमा गरियो भने एक तिर पैसा बचत हुन्छ भने अर्का तिर बीमा हुन्छ । आफ्ना योजनाहरु असफल नहुने गरी जीवन बीमा मार्फत भविष्यको योजना बनाउन सकिन्छ ।

दीर्घकालीन पूँजी निर्माण : मानिमा आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना राखे पनि सजिलै पुरा गर्न सक्दैन । त्यसका लागि मिहिनेत, धैर्य र योजना निर्माण गरेर बचत गर्नुपर्दछ । बीमामा निश्चित समयमा शुल्क तिर्न भएकाले यहि आधामा बचत हुदै जान्छ । यसरि पूँजी निर्माण भइ उक्त रकमलाई बीमातर्फ लैजान सके जीवनयापन भन्दा फरक आवश्यकता पुरा गर्न सकिन्छ ।

बालबालिकाको शिक्षा : बालबालिका लागि शिक्षामा लागि पनि चाहेअनुसार बीमा गर्न सक्छन् । बालबालिकालाई शिक्षित गराउने हित भविष्यका बारेमा सोच्छ भने जीवन बीमा समाधान बन्न सक्छ । पढाइका क्रममा सिर्जना हुने समस्यालाई जीवन बीमाका माध्यमबाट केही हदमा पुरा गर्न सकिन्छ ।

ऋणको समस्याबाट मुक्ति : नेपालमा अधिकांश ब्यक्तिले सरसापट वा ऋणबाट गुज्रिएको पाइन्छ । पारिवारमा भोलिका दिनमा आउन सक्ने समस्याका कारणले गर्दा परिवारमा तनाब आउन सक्छ यदि जीवन बीमा गर्ने हो भने भोलि जस्तो सुकै समस्या आउँदा समेत परिवारको अवस्थालाई समाधान गर्न सकिन्छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*